scheduleआइतवार कार्तिक ९ गते, २०७७

कोरोना कहर : यस्तो छ भारतमा पछिल्लो संक्रमणको अवस्था

काठमाडौं, १३ असोज । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९६ हजार ३५१ पुगेको छ वल्ड्रोमिटरको तथ्याङ्क रहेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४३ हजार १९ पुगेको छ । ५० लाख ९८ हजार ५ सय ७३ जना निको भएका छन् ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा छन् ।

कोरोना भाइरसको महामारी विश्वका १८८ देशमा फैलिइसकेको छ भने यसबाट ३ करोड ३२ लाख ७३ हजार ७ सय २० जना संक्रमित भएका छन्। यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन र अन्य उपायका कारण विश्वभरको अर्थतन्त्र कमजोर भएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay