scheduleबुधवार कार्तिक ५ गते, २०७७

डा. केसीको समर्थनमा कपिलवस्तुमा धर्ना

कपिलवस्तु, १३ असोज । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको समर्थनमा कपिलवस्तुका साझा युवाहरुको समूहले धर्ना शुरु गरेका छन ।

गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थालेका डा केसीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसँगै युवा सहूहरुले धर्ना शुरु गरेका हुन । ‘हामी डा. केसीको साथमा छौँ’ म पनि डाक्टर केसी हो लेखिएका पम्पलेटसहति धर्नामा उत्रिएका युवाहरु जिल्लाको चारनम्बर बजार चोकमा अनसन बसेका छन ।

डा केसीका माग पुरा नभएसम्म प्रत्येक दिन बिहान ८ बजेदखी साझ ५ बजेसम्म धर्नामा बस्ने युवा चन्द्रकान्त पोख्रेलले बताए ।

डा.केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाहरुले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउदै राज्यले उनका माग तत्काल सम्बोधन गरेर अनसन तोडाउनु पर्ने माग गरेका छन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay