scheduleआइतवार कार्तिक ९ गते, २०७७

खुल्न थाले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरु

सिन्धुपाल्चोक, १३ असोज ।  कोरोना महामारीका कारण बन्द भएका सिन्धुपाल्चोकका विभिन्न सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् ।

यसै क्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका बालशिक्षा माध्यमिक विद्यालयले पनि आफ्नो कक्षा सुरु गरेको छ ।

अहिलेको लागि कक्षा ९ र कक्षा १० का विद्यार्थीहरुलाई तीन वटा सेक्सनमा विभाजित गरी अध्यापन सुरु गराइएको विद्यालयका प्रधानाध्यापक बासु पौडेलले बताए । हरेक शिक्षक तथा विद्यार्थीलाई बिहान ज्वरो चेकजाँच गरेर मात्र विद्यालयको हाताभित्र छिराउने गरिएको उनले बताए ।

त्यस्त विद्यालय भित्र पनि सामाजिक दूरीको लागि हरेक सिटमा दुई जना मात्र विद्यार्थीलाई राखेर अध्यापन गराइएको प्रधानाध्यापक पौडेलले जानकारी दिए।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay