scheduleबुधवार कार्तिक ५ गते, २०७७

नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ७६ हजार नाघ्यो

काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ७३१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

मङ्गलबारसम्म ५ हजार ७७८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २० हजार ३९६ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८९१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ९ हजार २९८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १० जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay