scheduleबुधवार कार्तिक ५ गते, २०७७

काठमाडौं उपत्यकामा एकैपटक थपिए ९३४ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ३८२ महिला र ५५२ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा काठमाडौंमा एक महिला र दुई पुरुषको संक्रमणका कारण ज्यान गएको छ । काठमाडौंका ३ सहित देशभर १० जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १३५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay