scheduleबुधवार कार्तिक ५ गते, २०७७

क्यालिफोर्निया डढेलो : १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

सान फ्रान्सिस्को, १३ असोज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।

यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर (३७ लाख ५० हजार एकर)मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी गराएको छ ।

डढेलोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्रमा ६६ हजारभन्दा बढी नागरिकलाई घर छोडी सुरक्षितस्थलतर्फ जान निर्देशन गरिएको छ । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay