scheduleबुधवार कार्तिक ५ गते, २०७७

आम सर्वसाधारण महङ्गीको मारमा, बजार अनुगमन गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडाैं, १३ असोज । सांसदहरुले चाडपर्व नजिकिदै जाँदा महङ्गी बढेको भन्दै बजार अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति उनीहरुले कोरोना महामारीकाबीच आम सर्वसाधारण महङ्गीको मार परेको भन्दै बजार अनुगमनमा जोड दिएका हुन् ।

बैठकमा सांसद भिमसेनदास प्रधानले मनपरी ढंगले अत्यावश्यक वस्तुको भाउ बढेको बताए । उनले सरकारलाई कडा रुपमा निर्देशन दिई बजार अनुगमन गर्न लगाउनुपर्ने धारणा राखे ।  श्रमिकवर्गहरु काम नपाएर समस्यामा रहेका बेला महङ्गीले थप मार परेको उनको भनाई छ ।

उनले २५ हजार सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने स्वास्थ्यको भनाई अपरिपक्व रहेको भन्दै यसले नेपाली नागरिक नै समस्यामा पर्ने बताए ।

त्यस्तै सांसद बिन्दा पाण्डेले कोरोना महामारीमा श्रमिकलाई राज्यले वास्ता नगरेको आरोप लगाए । उनले काठमाडौ मेयर फोरमसंग छलफल गरेर समस्यामा परेका श्रमिकहरुका बारेमा उचित सम्बोधन गर्न सकिने बताए ।

श्रमिकहरुलाई राहत बाढ्ने भन्दा पनि श्रमको उपयोग गरि पारिश्रमिक दिने नीति ल्याउनुपर्ने उनको भनाई छ ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले मूल्यबृद्धि नियन्त्रणका लागि भइरहेको कामका बारेमा सम्बन्धीत निकायका पदाधिकारीसंग छलफल गरिने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay