scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

विश्वलाई बिमार बनाएर निको भयो वुहान

काठमाडौं, १३ असोज । चीनको बुहानबाट उत्पत्ति भएको कोरोना भाइरसले विश्वमा १० लाख बढी मानिसको मृत्यु भइसकेको छ । तर, बुहानमा भने मे यताको करिब ५ महिनामा एउटा पनि कोभिड–१९ को बिमारी देखिएका छैनन् ।

वुहान करिब १ करोड १० लाख जनसंख्या भएको शहर हो । ५० हजार ३४० जना संक्रमित भएपछि शहरमा संक्रमण रोकिएको थियो । त्यतिन्जेलसम्म ३८६९ को मृत्यु भइसकेको थियो । जब रोकियो, रोकिएको रोकियै भयो ।

चीनमा अहिलेसम्म ८५ हजार ३८४ संक्रमित र मृत्यु हुनेको संख्या ४६३४ पुगेको छ । कुल संक्रमणको ५९ प्रतिशत र कुल निधनको ८३.५% वुहान शहरमा मात्र भएको छ ।

सोमबार वुहानबासीहरुले कोरोनाले पुर्‍याएको विश्वव्यापी क्षतिका लागि एक कार्यक्रम गरी दुःख व्यक्त गरेका छन् । त्यो कार्यक्रममा वुहानका बासिन्दा तथा वैज्ञानिक हु लिङ क्वानले भने, ‘हुन त विश्वको जनसंख्या हेर्दा १० लाख धेरै संख्या हैन तर मान्छेको जीवनको मूल्य बराबर हुन्छ । जसले परिवारका सदस्य गुमाए उनीहरुका लागि सबैथोक गुमे सरह हो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay