scheduleबुधवार कार्तिक ५ गते, २०७७

सिसिएमसी बैठक : बन्द सेवा तथा व्यवसाय संचालन गर्ने विषयमा छलफल

काठमाडाैं, १३ असोज । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका सेवा तथा व्यवसाय संचालन गर्ने विषयमा छलफल गरेको छ ।

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले लकडाउन र निशेषज्ञा खुकुलो भएपछि
पनि हाल बन्द रहेका सेवा तथा व्यवसाय संचालन गर्ने विषयमा छलफल गरेको हो ।

बैठकले हाल बन्द रहेका सेवा तथा व्यवसाय संचालनका लागि सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरी वर्तमान अवस्था तथा संचालन गर्ने खाका तयार पारेपछि पुन
छलफल गरेर मात्र थप निर्णय गरिने सीसीएमसीका प्रवक्ता महेन्द्र प्रसाद  गुरागाईँले बताए ।

बैठकमा सर्वसाधारणलाई जनस्वास्थ्यको मापदण्ड पालना गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सचेतनात्मक सन्देश तयार पारी प्रचारप्रसार गर्ने निर्णय
समेत भएको छ ।

यस्तै तेस्रो मुलुकबाट नेपाली नागरिकको उद्धार गर्न थप पहल गर्ने निर्णय भएको पनि प्रवक्ता गुरागाईँले बताए । बैठकमा काठमाडौं उपत्यका सहित देशभर देखिएको कोरोना संक्रमण र संक्रमितको स्वास्थ्य अवस्था तथा उपचारका बारेमा पनि छलफल भएको भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay