scheduleसोमवार कार्तिक १० गते, २०७७

भक्तपुरमा पुन: अर्को लुटपाट, घटनामा संलग्‍न दुई पक्राउ

भक्तपुर, १३ असोज । भक्तपुरमा डलरको प्रलोभन देखाएर पुन: अर्को लुटपाट भएको छ । महानगरीय प्रहरी वृत्त, जगातिबाट खटिएको टोलीले पाँच लाख लुटपाट गर्ने दुईजनालाई पक्राउ पनि गरेको छ ।

प्रहरीले उनीहरूलाई बिहान १० बजे चाँगुनारायण नगरपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी छन् । परिसरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीका अनुसार उनीहरूले मंगलबार बिहान पौने आठ बजे एक व्यक्तिलाई लुटेका थिए । उनीहरूले डलर सस्तोमा साटिदिने भन्दै पाँच लाख रूपैयाँ लुटेर फरार भएका थिए ।

उनीहरूले दोलखा घर भई कमलविनायक बस्‍ने एक पुरूषलाई लुटेका थिए । तत्कालै प्रहरीलाई खबर गरेपछि उनीहरू पक्राउ परेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

यसअघि पनि भक्तपुर परिसरले डलर साट्ने बाहनामा लुट्ने समूहका पाँच जनालाई पक्राउ गरेको थियो । त्यसरी पक्राउ परेको एक हप्ता नबित्दै अर्को घटना घटेको हो।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay