scheduleबिहिवार कार्तिक ६ गते, २०७७

तपाईलाई थाहा नहुन सक्छ वीर्यसम्बन्धी यी ९ रोचक तथ्य

एजेन्सी । वीर्यका बारेमा यी कुराहरु सायद तपाईलाई थाहा छैन होला । स्पर्म बैंकबाट बीबीसीले तयार गरेको डकुमेन्ट्रीको आधारमा आज हामी तपाईहरुलाई यसबारे अनौठा जानकारी दिन जाँदैछौं ।

१. यदि एकपटकको स्खलनमा तपाईको जीवनभरको वीर्य निकाल्ने हो भने त्यो नौ किलोमिटर लामो हुन सक्छ ।

२. एउटा अनुसन्धानले पत्ता लगाएको छ कि सन क्रिम र कस्मेटिकले वीर्यलाई नराम्रो असर गर्छ ।

३. सामान्य रुपमा पुरुषहरुले एक सेकेन्डमा १५०० वटा वीर्य पैदा गर्न सक्छन् ।

४. एक चिया चम्चाको दुइतिहाईमा मात्रै ३० लाख वीर्य अटाउन सक्छन् ।

५. गर्मी मौसममा वीर्यको सक्रियता कम हुँदै जान्छ । शरीरको बाँकी भागको तुलनामा वीर्य माइनस १४ डिग्रीले चिसो हुने गर्छ । त्यसैले पुरुषहरुले बक्सर लगाउनुपर्छ र ल्यापटपलाई आफ्नो काखमा राखेर चलाउने गर्नु हुँदैन ।

६. एउटा पुरुषको केबल आधा वीर्यमात्र सीधा लाइनमा तैरिन्छ । वीर्य तैरिनु भनेकै सक्रिय हुनु हो । कतिपय वीर्यहरु चारैतर्फ तैरिने गर्छन् र वीर्यको बहावका साथ अलग हुने गर्छन् । यी वीर्यहरु कहिल्यै रोकिदैनन् र कुनै पनि दिशामा बहन सक्छन् ।

७. माइक्रोस्कोप निर्माताले १ हजार ६ सय ७७ मा पहिलोपटक वीर्यको खोज गरेका थिए । उनले के कारणले यसको खोज गरेका थिए भन्ने विषय भने कसैलाई थाहा छैन । तर, उनको खोजले सबैलाई आश्चर्यमा पारेको थियो ।

८. स्खलन भएकामध्ये ९० प्रतिशत वीर्य काम नलाग्ने हुन्छन् ।

९. वास्तवमा लाखौं वीर्यमध्ये केवल एउटा मात्रै महिलाको डिम्बसँग प्रजनन गर्न सक्दछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay