scheduleबिहिवार कार्तिक १३ गते, २०७७

दिल्लीलाई हराउँदै हैदराबादद्बारा पहिलो जीत हासिल

काठमाडौं, १४ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा सनराइजर्स हैदराबादले जीत हात पारेको छ । प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा उसले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्‍यो ।

हैदराबादे दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ओपनर शिखर धवनले सर्वाधिक ३४ रन बनाए भने रिषभ पन्तले २८ र शिम्रोन हेटमायरले २१ रन बनाए । हैदराबादका राशिद खानले ३, भुवनेश्‍वर कुमारले २ तथा खलील अहमद र टि नटराजनले १-१ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । ओपनर जोनी बेयरस्टोले ५३ तथा डेभिड वार्नरले ४५ र केन विलियमसनले ४१ रन बनाएका थिए । दिल्लीका कगिसो रबाडा र अमित मिश्राले २-२ विकेट लिए ।

पहिलो जीत हात पारेसँगै ३ खेलबाट २ अंक बटुलेको हैदराबाद अंकतालिकाको छैटौं स्थानमा उक्लन सफल भएको छ भने पहिलो हार व्यहोरेको दिल्ली ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay