scheduleसोमवार कार्तिक १० गते, २०७७

दिल्लीका कप्तान श्रेयसलाई १९ लाख जरिवाना

एजेन्सी, १४ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सका कप्‍तान श्रेयस अय्यरलाई जरिवाना लागेको छ ।

मङ्गलबार भएको हैदराबादविरुद्धको खेलमा स्लो ओभर रेटका (बलिङ इनिङ सकाउन समय लगाएका ) कारण उनलाई १२ लाख भारु अर्थात् १९ लाख नेपाली रुपैयाँ जरिवाना तिराइएको हो ।

उक्त खेलमा दिल्लीले हार व्यहोरेको थियो । हैदराबादले दिएको १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १४७ रन मात्र बनाउन सकेपछि १५ रनको हार व्यहोरेको हो ।

यसअघि छैटौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरका कप्‍तान विराट कोहलीलाई पनि स्लो ओभर रेटकै कारण जरिवाना तिराइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay