scheduleबिहिवार कार्तिक १३ गते, २०७७

टुँडिखेलमा भोकाहरुलाई खाना खुवाउँदै बाबुराम, हेर्नुहोस् ६ तस्बिरहरू

काठमाडौं, १४ असोज । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई मंगलबार बिहान टुँडिखेल पुगे । टुँडिखेलमा उनी कुनै सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न भने पुगेका होइनन् ।

कोरोना महाव्याधिका कारण रोजगार गुमाएर भोकविरुद्ध संघर्ष गरिरहेका नेपालीहरुलाई खाना खुवाउन उनी त्यहाँ पुगेका हुन् । डा. भट्टराईले केही समय त्यहाँ खाना बाँढेर बिताए ।

हाम्रो टिम नेपालको आयोजना र हाम्रो सानो प्रयास लगायतका संस्थाहरुको आयोजनामा असहायहरुलाई खाना खुवाईएको आयोजकमध्येका एक बद्री ढुंगानाले जानकारी दिए ।

‘उहाँ हामीलाई हौसला दिन आउनुभएको हो, यो काम सरकारले गर्नुपर्ने हो, सरकार मन्त्रिमण्डलको भागबण्डा र आन्तरिक विवादमा व्यस्त छ,’ ढुंगानाले डा. भट्टराईको भनाई उद्धृत गर्दै भने, ‘तपाईंहरुले मानवीय सेवामा समय दिएर धेरै महान काम गर्नुभएको छ ।’

हेरौं भट्टराईले खाना बाँढिरहेको केही तस्बिरहरु-

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay