scheduleबुधवार कार्तिक ५ गते, २०७७

बडादशैँमा भीडभाडका क्रियाकलाप र बोकाबलि निषेध

फाइल फोटो

जनकपुरधाम, १४ असोज ।   यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारवालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो ।

कार्यालयद्वारा जारी सूचनामा परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ । बैठकमा प्रदेशसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगरपालिका, गुठी संस्थान र स्थानीय विभिन्न क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।  रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay