scheduleबुधवार कार्तिक ५ गते, २०७७

१२३ पसलमा काठमाडौं महानगरको अनुगमन, २६ वटालाई जरिवाना

काठमाडाैं, १४ असोज । काठमाडौं महानगरपालिकाले गत २२ दिनमा तरकारी र फलफूल तथा खाद्य गरि १२३ पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको महानगरकको भनाई छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि उपप्रमुख हरिप्रभा खड्कीको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समितिले नियमित अनुगमन गरेको जनाएको हो । अनुगमनका क्रममा २६ वटा पसललाई जरिवाना तिराइएको र जरिवानाबाट १२ लाख ८७ हजार रुपैया राजस्व संकलन भएको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिईन् ।

त्यस्तै प्याजको कृत्रिम अभाव सृजना गरेर बिक्रि भइरहेका प्याज बरामद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्रि गरिएको उनले बताईन् । उनले प्रर्याप्त ऐन कानूनको अभावमा सोचेजस्तो अनुगमनको काम गर्न नसकिएको गुनासो पनि गरिन् ।

मूल्य र गुणस्तरमा उपभोक्तलाई ठगिनबाट बचाउनका लागि निरन्तर अनुगमन गरिने महानगरले जनाएको छ । नेपालको संविधानको अनुसुची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन २९७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले तरकारी फलफूल र माछामासुको अनुगमन गरिरहेको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिईन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay