scheduleबिहिवार कार्तिक १३ गते, २०७७

२ करोड ६० लाख रुपैयाँ बराबरको अवैध हरियो केराउ बरामद

रामआधार राय/सर्लाही, १४ असोज । श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिको आधिकारिक कार्यालय परवानीपुर गाउँपालिका-३ लिपनी बारामा छ । फर्मका प्रोप्राइटर वेदान्तजंग राणाले वीरगंज महानगरपालिका-१६ ईनारवा गाउँस्थित नेपाल भारत सिमाना नजिकै अवैध रुपले गोदाममा स्टोर गरी राखेको ६ हजार ५ सय बोरा हरियो केराउ प्रहरीले बरामद गरेको छ ।

प्रतिबोरा पचास किलोको दरले ३ लाख २५ हजार किलो हरियो केराउ प्रहरीले बराम गरेको हो ।

गोदाममा स्टोर गरी राखेको सो केराउ २ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार बरामद गरेको हो ।

बरामद केराउको अन्दाजी बजार मूल्य २ करोड ६० लाख रुपैयाँ रहेको र सो केराउ भारततर्फ तस्करी गर्ने उद्देश्यले गोदाममा जम्मा गरी राखेको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी गराएका छन् ।

श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका प्रोप्राइटर वेदान्त जङ्ग राणा काठमाडौंको ललितपुर निवासी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका फर्मका मैनेजर प्रभात श्रेष्ठ र उनीसँगै बरामद गरिएको ना.६ त ८७१० नम्बरको ट्याक्टर समेत नियन्त्रणमा लिइ अनुसन्धान जारी रहेको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी एसपी कृष्ण प्रसाईले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay