scheduleबिहिवारमाघ १५ गते, २०७७

विद्यालय खोल्ने स्थानीय तहको निर्णयमा जिल्ला प्रशासनको तगारो

नुवाकोट, १५ असोज । लामो समयको बन्दाबन्दीपछि केही स्थानीय तहहरुले सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय खोल्न थालेका छन् । तर जिल्ला प्रशासन भने विद्यालय बन्द गर्न चेतावनी दिँदै हिंड्न थालेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको हो । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको एकहप्ता नबित्दै प्रशासनले सो निर्देशन दिएको हो ।

सरकारले जारी गरेको वैकल्पिक सिकाई निर्देशिकाअनुसार स्थानीय तहहरुले विद्यालय सञ्चालन शुरु गर्ने निर्णय गरेका थिए । यद्यपि, महामारी बढिरहेको कारण जिल्ला प्रश्सासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालयले पठनपाठन थालेका थिए ।

तर, मंगलबार जिल्ला प्रशासन कार्यालय नुवाकोटले अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न निर्देशन दिएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सवै स्थानीय तहलाई सरकारको निर्णयसहितको पत्र पठाएको जानकारी दिए । शिक्षा मन्त्रालयले विद्यार्थीहरूको शिक्षण सिकाइका गतिविधि अवरुद्ध नहोस भनेर विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ ।

जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा प्रत्यक्ष सिकाई अवलम्बन गरी सरकारले गरेको निर्णयविपरीत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारबाही हुनेछ भन्दै चेतावनीको भाषा प्रयोग गरिएको छ ।

नुवाकोटमा कोरोना संक्रमण फैलिरहेको र सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको साथै समुदायमा समेत संक्रमण देखिएको सूचनामा जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay