scheduleशनिवार मंसिर २० गते, २०७७

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक अघि नेताहरुको कोरोना परिक्षण

काठमाडाैं, १५ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति अघि नेताहरुको कोरोना परिक्षण गरेको छ ।

पार्टी कार्यालय सानेपामा कांग्रेसले केन्द्रीय सदस्यहरुको कोरोना परिक्षण गरेको हो । कोरोना परिक्षणका लागि स्वाव दिन कांग्रेसका नेताहरु बिहीबार सानेपा पुगेका थिए । कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएको छ ।

त्यसअघि सवै नेताहरुको कोरोना परिक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए । केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने उनले बताए । सिटौलाले यस पटक बैठकमा खुलेर छलफल हुने र कार्यविधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने उल्लेख गरे ।

केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ । त्यस्तैनेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay