scheduleशुक्रवार आश्विन १ गते, २०७८

राहुल गान्धीमाथि युपी पुलिसको धरपकड, सडकमा लडे राहुल

उत्तर प्रदेश, १५ असोज । भारतीय प्रमुख प्रतिपक्षी दलका पूर्वअध्यक्ष तथा लोकसभा सदस्यमाथि उत्तरप्रदेश प्रहरीले बल प्रयोग गरेको छ । उनी आफ्नी बहिनी तथा पार्टी महासचिव प्रियंका गान्धीसँगै हाथरस गइरहेका थिए ।

हाथरस उत्तरप्रदेशको एक जिल्ला हो । हाथरसमा गत हप्ता एक दलित युवतीमाथि भएको सामूहिक बलात्कार तथा हत्या काण्डपछि निरन्तर अशान्त छ । त्यहाँ अहिले धारा–१४४ लागू गरिएको छ । भारतमा यस धाराअन्तर्गत जारी गरिने निषेधाज्ञामा ५ जनाभन्दा बढी भेला हुन रोक लगाउने प्रचलन छ ।

राहुल तथा प्रियङ्का बिहीवार बिहान बलात्कार तथा हत्या भएकी युवतीको पीडित परिवारका सदस्यलाई भेट्न र सहानुभूति व्यक्त गर्न त्यहाँ जान निस्किएका थिए ।
राहुल र प्रियङ्का नयाँ दिल्लीबाट हाथरस निस्कँदा उनीहरुको पछाडि कार गाडीहरुको लामो ताँती लागेको थियो । यो ताँतीलाई उत्तरप्रदेश प्रहरीले नोयडाको एक्सप्रेस वे नजिक रोकेको थियो ।

त्यसपछि राहुल र प्रियङ्का गाडीबाट उत्रिएर पैदल यात्रा गरिरहेका थिए । कांग्रेस कार्यकर्ताको ठूलो भीडले उनीहरुलाई पैैदाल यात्रामा साथ दिएका थिए ।

हाथरस बलात्कार तथा हत्याकाण्डकी पीडित युवतीको शब युपी प्रहरीले पोष्टमार्टमपछि परिवारजनको सहमति र उपस्थिति बिनै दाहसंस्कार गरेको थियो ।
यो घटनाले योगी आदित्य नाथ नेतृत्वको भाजपा प्रदेश सरकारप्रति जनअसन्तोष तीव्र भएको थियो ।

बलात्कार पीडित युवती १९ वर्षकी थिइन । सेप्टेम्बर १४ मा उनलाई ४ जना गाउँले टिठाले सामूहिक बलात्कारपछि विभत्स हत्या गरेका थिए । राहुलले ‘उत्तर प्रदेशमा जंगलराज’ भन्दै यो घटनाको तीव्र आलोचना गरेका थिए ।

युपी पुलिससँग भएको धकेलाधकेलमा केही कांग्रेस कार्यकर्ताहरु घाइते भएका छन् । भीडमा पुलिसले लाठी चार्च गरेको बताइएको छ ।

प्रियङ्काले लाठीचार्च भएको स्थलबाट ट्वीट गरेकी छन्, ‘हाथरस जानबाट हामीलाई रोकिएको छ । बर्बर ढंगले लाठी चार्ज गरिएको छ । कयौं कार्यकर्ता घाइते छन् । तर हाम्रो इरादा पक्का छ । यो अहंकारी सरकारको लाठीले हामीलाई रोक्न सक्दैन ।’

प्रियंका पुुर्वी उत्तर प्रदेशका लागि कांग्रेसको इन्चार्ज समेत हुन् । आगामी प्रदेश निर्वाचनलाई दृष्टिगत गरी उनले प्रदेशमा आफ्नो राजनीतिक सक्रियता निरन्तर बढाइरहेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय