यसरी बनाउनुहोस् शुभ दिन
एजेन्सी । बिहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाईको आवाज कानमा परेर बिउँझिनु झनै राम्रो मानिन्छ । बिहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
बिहान उठ्ने बित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । बिहानमा अग्निको दर्शनले दिनभरी ऊर्जाशील राख्ने शास्त्रमा उल्लेख छ ।
शास्त्रमा बिहानको समयमा उठ्ने बित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।
बिहान उठ्ने बित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाईंलाई लाभ मिल्न सक्छ ।
बिहान उठ्ने बित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्ययन गरिरहेको वा बाचन गरिरहेको व्यक्तिलाई उठ्ने बित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।