scheduleशनिवार मंसिर २० गते, २०७७

सरकारको गतिविधि विरुद्ध सडक संघर्षमा उत्रने कांग्रेसको तयारी

काठमाडाैं, १७ असोज ।  नेपाली कांग्रेसले सरकारको गतिविधि विरुद्ध सडक संघर्षमा उत्रने तयारी गरेको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस संगठन विभागको बैठकमा सरकार भ्रष्टाचारमा डुवेको, सरकार लापरवाहीमा अघि बढेको भन्दै सडकमा सम्पूर्ण कार्यकर्ता र भातृसंगठनलाई उतार्ने विषयमा छलफल भएको विभाग प्रमुख गोपालमान श्रेष्ठले बताए ।

उनले छिटै संसदको अधिवेशन आह्वान गर्न सरकारलाई दवाव दिने र जनताका कुराहरु संसदमार्फत नै कांग्रेस सांसदहरुले राख्ने समेत बताए । त्यस्तै संगठनलाई चूस्तदुरुस्त गर्दै लैजाने र सम्पूर्ण ध्यान महाधिवेशनमा दिइने उनले बताए ।

श्रेष्ठले पार्टीको विवादलाई छिटै समाधान गर्नुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति विरुद्ध लिखित प्रस्ताव पार्टीमा दर्ता गर्नु दुर्भाग्य भएको उल्लेख गरे । संगठन विभागको बैठक आइतबार पनि बोलाइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay