scheduleआइतवारमाघ ११ गते, २०७७

कोलकाताविरुद्ध टस हारेर दिल्ली ब्याटिङमा, सन्दीपले अझै कुर्नुपर्ने

काठमाडौं, १७ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने समेत आबद्ध दिल्ली टस हारेपछि ब्याटिङमा उत्रँदै छ । यद्यपि हालसम्म दिल्लीले खेलेका तीनवटै खेलमा मौका नपाएका सन्दीप चौथो खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले दुई परिवर्तन गरेको छ, जसमा इशान्त शर्माको स्थानमा हर्षल पटेललाई मौका दिइएको छ भने चोटका कारण पहिलो खेल खेल्दा खेल्दै छाडेका रविचन्द्रन आश्विन पुनः टोलीमा फर्कँदा अक्षर पटेल बाहिर रहेका छन् ।

दिल्लीले खेलेका तीन खेलमध्ये दुईमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी कोलकाताले पनि तीनमध्ये दुईमा जीत निकाल्दा एकमा हार व्यहोरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay