scheduleआइतवारमाघ ११ गते, २०७७

हवाई यात्रा गर्दै हुनुहुन्छ भने भुलेर पनि नलगाउनुहोस् यी पाँच पहिरन

एजेन्सी । यात्रा गर्नका लागि फ्लाइट आरामदायी र छिटो हुन्छ । सकेसम्म मानिसहरु हवाई यात्रा गर्न रुचाउँछन् । तर यात्राका दौरान मानिसहरुले केहि यस्ता गल्ती गर्छन् जसको अनुभव निकै नराम्रो हुनसक्छ । तपाई कुन पहिरन लगाएर यात्रा गर्नुहुन्छ, त्यसले विशेष महत्व राखेको हुन्छ । आज हामी तपाईलाई यस्ता पाँच पहिरनका बारेमा जानकारी गराउँदैछौं जसले एयरपोर्टमा केही समस्याहरु निम्त्याउन सक्छ ।

स्कर्ट

विमानस्थलबाट भित्र प्रवेश गर्ने बेला तपाईको सुरक्षा जाँच हुने गर्छ । केहि महिलाहरु स्कर्ट लगाएर यात्रा गर्न मन पराउँछन् । तर Transportation Security Administration (TSA) का अनुसार स्कर्ट लगाएर हवाई यात्रा गर्नु झन्झट हुन्छ । स्कर्ट केही खुकुलो हुने भएकाले यसभित्र बहुमूल्य सामानहरु लुकाएर लैजान सकिन्छ । यस्तो अवस्थामा सुरक्षा जाँच गर्न पनि समय बढी लाग्ने हुन्छ । यदि तपाई पनि यात्रा गर्दा झन्झट ब्यहोर्न चाहनुहुन्न भने स्कर्ट नलगाउनुहोस् ।

बोबी पिंस

यदि तपाई फ्लाइटबाट यात्रा गर्दै हुनुहुन्छ भने बोबी पिन्स कम प्रयोग गर्नुहोस् । खासगरी यी पिनहरु धातुबाट बनेका हुन्छन् । चेकिङका क्रममा मेटल डिटेक्टरले तपाईलाई समस्यामा पार्न सक्छ । जसले तपाईको हेयर स्टाइल पनि बिग्रन सक्छ ।

धातु मिश्रित ब्रा

केही महिलाहरुलाई यो कुराको जानकारी हुँदैन कि आफूले लगाएको ब्राले एयरपोर्टमा हैरानीको सिकार हुनपर्छ । केही ब्राहरुमा धातुका तारहरु प्रयोग भएका हुन्छन् । यस्तो अवस्थामा सेक्युरिटी गार्डले उनीहरुको लुगा खोल्नुपर्नेसम्म हुनसक्छ । जसले एक त समय बर्बाद हुन्छ भने अर्को आफ्नो बेइज्जत हुन्छ ।

बक्स पाइन्ट

यात्रा गर्नका लागि बक्स पाइन्ट आरामदायी हुन्छ । तर चेकिङका क्रममा यसले तपाईलाई केही समस्याहरु सिर्जना गरिदिन सक्छ । यसमा धेरै गोजीहरु हुने भएकाले जाँच गर्ने व्यक्तिले निकै ध्यानपूर्वक चेकिङ गर्नुपर्छ र समयको पनि बर्बाद हुन्छ ।

धातुका गहना

बोबी पिंसजस्तै धातुका गहना लगाएर यात्रा गर्दा पनि तपाईले केही समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । केही मानिसहरु यात्रा गर्दा धातुका ब्रासलेट र नेकलेस लगाउने गर्छन् । यसले पनि चेकिङमा समस्या पार्न सक्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay