scheduleआइतवारमाघ ११ गते, २०७७

बुद्ध वाणी एक, अर्थ अनेकः सन्यासी, चोर र वेश्यासँगको रोचक प्रसंग

बुद्धले आफूले बोलेका कुरालाई तीन पटकसम्म बुझाउँथे । आनन्दले एकदिन बुद्धलाई सोधे, ‘तपाईं एउटै कुरा किन तीनपटक दोहोर्‍याउनुहुन्छ ?’ आनन्दलाई सम्झाउनको लागि बुद्धले भने, आजको सभामा सन्यासीका साथै एक वेश्या र एक चोर पनि थिए । भोलि बिहान तिमी यी तीनैलाई भेट र सोध कि हिजो बुद्ध अन्तिममा भनेको कुराको अर्थ उनीहरुले कसरी बुझे ?’

बिहानै आनन्द पहिलो सन्यासीको घर पुगे । उनले सोधे- हिजो राति बुद्धले अन्तिममा भन्नुभएको ‘आफ्नो आफ्नो काम गर’ भन्ने भनाईलाई तपाईंले कसरी बुझ्नुभयो ?
भिक्षुले भने, ‘हाम्रो नित्य काम भनेको सु्त्नुअगाडि ध्यान गर्नु हो । मैले त्यही गरेँ ।’ आनन्दलाई यही उत्तर अपेक्षा थियो । उनी तीव्ररुपमा शहर पसे । जहाँ उनले चोरलाई भेटे र त्यही प्रश्न सोधे । चोरले ढिला नगरी जवाफ दियो, ‘मेरो काम नै चोर्ने हो । हिजो राति मैले यस्तो राम्रो माल हात पारे कि अब कहिल्यै चोर्नै पर्दैन ।’

आनन्द आश्चर्यचकित हुँदै वेश्या भएतिर दगुरे । उनले उही प्रश्न गरे । वेश्याले भनिन्, ‘मेरो दैनिक काम भनेको नाँच्ने गाउने हो । हिजो पनि मैले त्यही गरेँ ।’

आनन्द आश्चर्यचकित भएर बुद्ध भेट्न फर्किए । उनले सबै उत्तरहरु बुद्धलाई सुनाए । बुद्धले भने, ‘यो संसारमा जति पनि जीव छन्, उति नै दिमाग छन् । कुरा एउटै हो तर, हरेकको बुझाई आफ्नै आफ्नै हुन्छ । यसको कुनै उपाय छैन । यो सृष्टि नै यस्तै हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay