scheduleआइतवारमाघ ११ गते, २०७७

कपाल फुल्यो ? घरेलु सामग्रीबाट सम्भव छ कालो बनाउन

कपाल समय अगावै फुल्छ र बजारको औषधि प्रयोग गर्नुहुन्छ भने त्यस्तो आदत अब छोडिदिनु होस् । त्यस्ता कृतिम औषधिले केसका जरा र टाउका नसाहरुहरुमा साइड इफेक्ट गराउँछ र केही समयपछि पुनः कपालको रंगमा परिवर्तन आउँछ ।

अब यस्ता समस्याबाट छुटकारा पाउन तपाईले घरेलु सामग्रीहरु प्रयोग गर्नसक्नुहुन्छ । जसले कपाललाई प्राकृतिक कालो रंग दिनुका साथै स्वास्थ्यमा नकरात्मक असर पार्दैन ।

कपाल कालो बनाउनका लागि तपाई अमला प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि आधा लिटर पानीमा दुई चम्ची अमला पाउडर घोलेर त्यसमा नींबूको रस मिसाएर आफ्नो कपाललाई धुनुहोस् ।

घरको शुद्ध घ्युले पनि कपाललाई कालो रंग फिर्ता ल्याउन मद्दत गर्छ । यदि तपाई हप्तामा एकपटक घरेलु घ्युले कपालमा मसाज गर्नुहुन्छ भने त्यसले कपालको रंगलाई प्राकृतिक कालो बनाउनुका साथै अन्य फाइदा पनि दिन्छ ।

काँचो आँप र त्यसका केही पातहरुलाई थोरै तेल राखेर मिक्सचरमा पिसेर केही समयका लागि घाममा सुकाएर केसमा पेस्टको रुपमा प्रयोग गर्दा कपाल कालो हुन्छ ।

दहीको प्रयोगले पनि कपाल कालो बनाउन मद्दत गर्छ । दहीमा हिना मिसाएर हप्तामा एकपटक प्रयोग गरियो भने त्यसले छोटो समयमा नै कपालको प्राकृतिक कालो रंग फिर्ता गराउँछ ।

प्याजलाई काटेर नियमित आफ्नो कपालको जरामा रगेट्दा वा प्याजको पेस्ट बनाएर कपालमा लगाउँदा कपालमा गहिरो कालो रंग आउँछ ।

गाईको काँचो दुधले कपाल धुनाले कपाल कालो हुनुका साथै अन्य धेरै फाइदाहरु हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay