scheduleबिहिवारमाघ १५ गते, २०७७

बैंगलोरविरुद्ध टस हारेर दिल्ली ब्याटिङमा, सन्दीप आज पनि बेञ्‍चमा

काठमाडौं, १९ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत सोमबार बेलुका रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

दुबईमा बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने समेत आबद्ध दिल्ली ब्याटिङमा उत्रँदै छ । यद्यपि हालसम्म दिल्लीले खेलेका चारवटै खेलमा मौका नपाएका सन्दीप पाँचौ खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले एक परिवर्तन गरेको छ, जसमा दायाँहाते स्पिनर अमित मिश्राको ठाउँमा बाँयाहाते स्पिनर अक्षर पटेलले मौका पाएका छन् । चोटका कारण मिश्राले आइपिएलका बाँकी खेलहरु गुमाउने छन् ।

दिल्लीले खेलेका चार खेलमध्ये तीनमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी बैंगलोरले पनि चारमध्ये तीनमा जीत निकाल्दा एकमा हार व्यहोरेको छ ।

आजको खेल जित्‍ने टोली अंकतालिकाको शीर्ष स्थानमा उक्लने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay