नेकपा सचिवालय बैठक आज, मन्त्री नियुक्तीको निर्णय हुनसक्ने
काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। सरकारका निर्णयहरुको समीक्षा तथा विभिन्न समसामयिक विषयमा छलफल गर्न आज दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो।
आइतबारका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार तथा स्वकीय सचिवहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सचिवालय स्थगित थियो।
आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने भएको छ। आजको बैठकबाट रिक्त तीन अर्थ, शहरी विकास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री नियुक्तीको निर्णय हुनसक्ने स्रोतले बताएको छ।