scheduleमगलवार मंसिर १६ गते, २०७७

पृथ्वीभन्दा बाहिर पनि हुनसक्छ जीवन, वैज्ञानिकको नजरमा दुई दर्जन ग्रह

बर्लिन, २० असोज । वैज्ञानिकहरुले पृथ्वीभन्दा बाहिर पनि जीवन बसाउन मेहनत गरिरहेका छन् । यसका लागि नयाँ पुस्ताका अत्यधिक शक्तिशाली अन्तरीक्षणमा आधारित टेलिस्कोपले यस्ता ग्रहहरु खोज्न सम्भव हुनेछ जहाँ मानव बस्न सम्भव होस् ।

जर्मनी र अमेरिकाका अनुसन्धाताहरुले हाम्रो सौर्य प्रणालीभन्दा बाहिर करिब ४५०० एग्जोप्लानेटको अध्ययन गरेका छन् । उनीहरुले करिब दुई दर्जन ग्रहमा पृथ्वीको भन्दा राम्रो अवस्था हुनसक्ने अनुमान गरेका छन् ।

एस्ट्रोबायोलोजी जर्नलमा छापिएको अध्ययनका अनुसार यस्ता धेरै ग्रहहरु छन् जहाँ फरकफरक अवस्था छ । यीमध्ये कुनै ओस्याइलो छन् भने कुनै तातो । कुनै पृथ्वीभन्दा ठूला पनि छन् ।

ऐस्ट्रोनोमर्सहरु यस्ता ग्रहहरुको खोजी गरिरहेका छन् जुन तारालाई केन्द्र बनाएर घुमिरहँदा पनि तरल अवस्थामै रहन्छन् । यीमध्ये के ड्वार्फ तारालाई घुम्ने ग्रहहरु पनि रहेका छन् । के ड्वार्फ हाम्रो सूर्यभन्दा चिसो छ । यद्यपि, यसको उमेर २० देखि ७० अर्ब वर्ष हुनुपर्छ । जबकि हाम्रो सूर्य केवल ८ अर्ब वर्षको भएको मानिन्छ ।

वैज्ञानिकहरुका अनुसार यदि यी ग्रहहरुमा जीवन भेटियो भने त्यहाँ पनि पृथ्वीमा जस्तै र योभन्दा पनि जटिल हुनका लागि धेरै समय रहेको हुनसक्छ । त्यस्तै, ग्रहको उमेर, ताराको रेडिएसनबाट बच्नका लागि चुम्बकीय क्षेत्रको अनुपस्थिति जस्ता कारणलाई ध्यान दिँदै यो थप जटिल रहनसक्छ । अहिलेसम्म भेटिएका ग्रह एकदम सटीक भेटिएको छैन । यद्यपि, एउटा ग्रहमा चार यस्ता तथ्यहरु भेटिएका छन् जसलाई वैज्ञानिकहरुले महत्वपूर्ण मानेका छन् ।

अनुसन्धाताहरुका अनुसार यी ग्रहहरु पृथ्वीबाट १०० प्रकाशवर्ष टाढा रहेका छन् । यसको अर्थ छिट्टै त्यहाँ जान सम्भव छैन । उता, बर्लिनका प्राविधिकि विश्वविद्यालयका सेन्टर फर एस्ट्रोनोमी एण्ड ऐस्ट्रोफिजिक्सका प्रोफेसर डा. डर्क शुल्क माकुचका अनुसार यी उपलब्धिबाट अत्यधिक छिटो यात्राभन्दा पहिलै पनि फाइदा हुनसक्छ । उनका अनुसार अहिलेभन्दा धेरै एडभान्स स्पेस टेलिस्कोपको मद्दतबाट धेरै जानकारी लिन सकिन्छ र केही लक्ष्य निर्धारण गर्न सकिन्छ ।

आगामी वर्ष नासाले जेम्स वेब स्पेस टेलिस्कोप सार्वजनिक गर्दैछ । LUVOIR स्पेस अब्जर्भेटरी कन्सेप्ट, युरोपियन स्पेस एजेन्सीको PLATO स्पेस-टेलिस्कोपबाट पनि केही आशा गरिएको छ । शुल्जका अनुसार हामीले यस्ता केही ग्रहमाथि ध्यान दिनुपर्छ जहाँ बढी सम्भावना देखिन्छ । उनका अनुसार केही ग्रहमा पृथ्वीमा भन्दा उन्नत जीवन रहेको हुनसक्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay