scheduleशुक्रवार मंसिर १९ गते, २०७७

हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

काठमाडौं, २० असोज । हास्यकलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण देखिएको छ । आचार्यले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं,’ उनले भनेका छन्, ‘हामी दुवैजनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’

आचार्यका अनुसार दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् । ‘हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ उनले भनेका छन्, ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं ।’

उनले कोरोना संक्रमण व्यापकरुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay