scheduleशनिवारफाल्गुन २२ गते, २०७७

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान

स्टकहोम, २१ असोज । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो ।

उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ ।

सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay