scheduleशनिवार मंसिर २० गते, २०७७

जापानी वैज्ञानिकको निष्कर्षः मानिसको छालामा ९ घण्टासम्म जिउँदै रहनसक्छ कोरोना

टोक्यो, २१ असोज । जापानका वैज्ञानिकहरुले मानिसको छालामा ९ घण्टासम्म कोरोना भाइरस जिउँदो रहने तथ्य पत्ता लगाएका छन् । उनीहरुले बाहिर गएर घर पस्दा हातमा अनिवार्य स्यानिटाइजर लगाउने वा २० सेकेन्डसम्म साबुनपानीले हात धुन सुझाव दिएका छन् ।

वैज्ञानिकहरुले एक अनुसन्धानको क्रममा प्रयोगशालाबाटै सावित गरेका छन् कि मानिसको छालामा ९ घण्टासम्म कोरोना भाइरस जीवितै रहनसक्छ । इन्फ्लुएन्जा-ए को तुलनामा कोरोनाभाइरस ४ गुणा लामो समयसम्म जिउँदो रहनसक्छ । यस्तो दावी जापानको क्योटो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिसिनमा गरिएको अनुसन्धानको निष्कर्षमा गरिएको हो ।

कोरोना भाइरस यति लामो समयसम्म मानिसको छालामा कसरी जिउँदै रहनसक्छ भन्नेबारे पनि पत्ता लगाउन सकिएको छैन । अनुसन्धानका अनुसार छालामा भाइरस यति समयका लागि रहनु खतराको संकेत हो ।

अनुसन्धानका लागि फरेन्सिक अटाप्सीको माध्यमबाट मानिसको छालाको नमूना लिइएको थियो । छालाका कोशिकाहरुमा कोरोना भाइरस र इन्फ्लुएन्जा-ए को नमूनालाई मिसाइयो । अनुसन्धानबाट थाहा भयो कि छालामा फ्लुको भाइरस १.८ घण्टासम्म ज्युँदै रह्यो भने कोरोना भाइरस भने ९ घण्टासम्म ज्यूँदै रह्यो ।

अनुसन्धानका अनुसार जब नमूनामा रेस्पिरेट्री ट्याक्टबाट लिइएको म्यूकस राखियो तब कोरोना भाइरस ११ घण्टासम्म जिउँदै रहन सक्यो । यसमा हातमा लगाउने स्यानिटाइजर लगाउँदा १५ सेकेन्डभित्रै भाइरस नष्ट भयो । ह्याण्ड स्यानिटाइजर ८० प्रतिशत अल्कोहल भएको प्रयोग गरिएको थियो ।

यसकारण २० सेकेन्डसम्म हात धुनु जरुरी छ
सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको गाइडलाइनअनुसार ६० देखि ९५ प्रतिशतसम्म अल्कोहल भएको स्यानिटाइजरबाट कम्तिमा २० सेकेन्डसम्म हातमा लगाउँदा कोरोना नष्ट हुन्छ । साबुन पानीले हात धुन पनि सकिन्छ ।

अनुसन्धानमा संलग्न जापानी वैज्ञानिकहरुका अनुसार इन्फ्लुएन्जा-ए भाइरसको तुलनामा कोरोना भाइरस संक्रमण फैलने खतरा पनि अधिक हुन्छ । यसर्थ, कोरोनाकालमा हातको सफाईमा ध्यान दिनु अत्यन्तै जरुरी छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay