१६ वर्षीया किशोरीले सम्हालिन फिनल्याण्डको प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं, २२ असोज । फिनल्याण्डमा एक १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री पद सम्हालेकी छिन् । उनलाई त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।
बुधबार एक दिनका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीले प्रधानमन्त्री पद सम्हाले पनि उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार भने थिएन । प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने अधिकार भने उनीसँग रहेको थियो ।
संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् । आभाले एक दिनको प्रधानमन्त्री हुँदाको अनुभूति सुनाउँदै आफूलाई रमाइलो लागेको प्रतिक्रिया दिइन् ।
बैठकपछि पत्रकारसँग उनले अन्तर्क्रिया समेत गर्नुपरेको थियो । एकदिनको प्रधानमन्त्री बनेकी आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् ।
उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँगको बैठक राख्दै विकास र वैदेशिक व्यापारका विषयमा छलफल सञ्चालन समेत गरेकी थिइन्