scheduleबिहिवार मंसिर १८ गते, २०७७

वर्ल्डलिंकले फेसबुकसँगको सहकार्यमा देशभरी फ्रि एक्प्रेस वाईफाई प्रदान गर्ने

काठमाडौं, २३ असोज । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले फेसबुकसँगको सहकार्यमा देशभर विभिन्न स्थानमा निशुल्क एक्प्रेस वाईफाई सेवा प्रदान गर्ने भएको छ ।

फेसबुकबीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै यस्तो सेवा प्रदान गर्ने सहमति भएको वर्ल्डलिंक कम्युनिकेशनले जनाएको छ । वर्ल्ड कम्युनिकेशन्स लिमिटेड र फेसबुकको सहकार्यमा सहज, छिटोछरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई उपलब्ध गराउने भएको हो ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले बिहीवार जुममार्फत् पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएको छ । सो पत्रकार सम्मेलनमा वर्ल्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा दुवै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् । एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तरगत अहिले वर्ल्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढी सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए ।

कार्यक्रममा अध्यक्ष अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ ।’

आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो ।

पत्रकारले गरेको एक प्रश्नको उत्तर दिदैं अध्यक्ष अग्रवालले भने, ‘प्रयोगकर्तासँग रकम लिने छेनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ ।’

अध्यक्ष अग्रवालका अनुसार एक्सप्रेस वाईफाई प्लेटफर्मले वर्ल्डलिंकको सार्वजनिक वाइफाइ सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे ।

यस सहकार्यले देश भरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहुँच नजिक पुरयाउने आशा व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सहभागी भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, ‘रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ, वर्ल्डलिंक नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वर्ल्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay