scheduleशनिवार मंसिर २० गते, २०७७

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईँको कोरोनाका कारण निधन

झापा, २३ असोज ।   नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को सङ्क्रमणबाट आज निधन भएको छ ।काठमाडौंँको ओम अस्पतालमा शुक्रबार अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

विसं २०४८ को आठौंँ महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उनि विसं २०४४ मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए । विसं १९७८ माघ १५ गते जन्मिएका उनि पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाईँ निर्वासनबाट स्वदेश फर्किएका थिए ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनि झापामा स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनि पराजित भएका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उहाँले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गरे । उनका पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् ।

कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताए । उनको निधनमा कांग्रेसका प्रवक्ता शर्माले शोक व्यक्त गर्दै ट्वीट गरेका छन् ।  ‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो’, कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, ‘शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा ।’ रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay