scheduleबुधवार मंसिर १७ गते, २०७७

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइयो

एजेन्सी, २४ असोज । पाकिस्तानले पनि छोटो भिडियो सेयरिङ गर्ने लोकप्रिय एप टिकटकमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान दूरसञ्चार प्राधिकरण(पिटिए) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यद्यपि चिनियाँ एप भएकै कारणले भारत र अमेरिकाले लिएको निर्णयसरह भने प्रतिबन्ध लगाइएको होइन ।

टिकटकमा पछिल्लो समय अनैतिक र अश्लील भिडियो बढी मात्रामा आउन थालेकाले प्रतिबन्ध लगाएको पाकिस्तान सरकारको भनाइ छ ।

पिटिएका अनुसार टिकटकमा धेरै अश्लील सामग्रीहरु आउन थालेको  गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

टिकटकले यस्ता खालका प्रतिबन्धित सामग्रीलाई नियन्त्रण गर्ने तरिका अपनाएको खण्डमा भने प्रतिबन्ध हटाउन सकिने पिटिएले जानकारी दिएको छ ।

भारत र अमेरिकाले भने टिकटक चिनियाँ एप भएकाले राष्ट्रिय सुरक्षामा खतरा हुने दावी गर्दै यसमाथि प्रतिबन्ध लगाएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay