scheduleबिहिवारमाघ १५ गते, २०७७

खुट्टाबाट गन्ध आउँछ ? यी सरल तरिका अपनाउनुहोस्

गर्मी समयमा शरीरबाट पसिना आउने गर्छ । त्यसले गर्दा जुत्ता लगाउँदा खुट्टाबाट गन्ध आउने गर्छ ।

गन्ध आउन नदिने उपाय भनेको नियमित रुपमा खुट्टा धुनु तथा सफा मोजाको प्रयोग गर्नु हो ।

साथै शरीरलाई आवश्यक पानी पिउनु पनि आवश्यक छ ।

बास्नादार तेल यसले वास्ना दिने मात्र नभई ब्याक्टेरिया मार्नमा समेत सहयोग गर्दछ ।

हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाइराख्नाले गन्ध हट्दै जान्छ । अर्को उपाय भनेको बेकिंग सोडाले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ ।

हल्का तातोपानीमा बेकिंग सोडालाई मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुवाउनाले समस्या हटेर जान्छ ।

फिटकिरीले ब्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउँछ । एक चम्चा फिटकिरी पाउडरलाई एक जग पानीमा मिसाएर खुट्टा धुनाले एकैछिनमा गन्ध हट्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay