scheduleशनिवार मंसिर २० गते, २०७७

पोखरामा आइतबार विहानै २१ जना कोरोना संक्रमित थपिए

पोखरा, २५ असोज । गण्डकी प्रदेशको राजधानी पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको पहिलो विज्ञप्तिअनुसार १४ वटा वडाका गरी २१ जनामा संक्रमण देखिएको हो ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका-५ का तीनजना, वडा नं ८, १०, १५, १७ र २२ का दुई-दुईजना तथा वडा नं १, ४, ९, १४, १६, २०, ३० र ३२ का एक-एकजनामा संक्रमण पुष्‍टि भएको छ ।

पोखरालगायत देशका प्रमुख सहरहरुमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । निर्देशनालयका अनुसार कास्कीको पोखरामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार पोखराका २१ सहित प्रदेशभर ६२ जनामा संक्रमण पुष्‍टि भएको छ । बाग्लुङमा २९ जना नेपाली सेना २ जना नेपाल प्रहरी बाग्लुङ इजलाशमा कार्यरत २ जना तथा एकजना थुनुवा र अन्य २ जना गरी ३६ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी लमजुङका पनि ५ जनामा संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ७५३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay