scheduleआइतवारमाघ ११ गते, २०७७

मुम्बईविरुद्ध टस जितेर दिल्ली पहिले ब्याटिङ गर्दै, सन्दीप अझै अटाएनन्

काठमाडौं, २५ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली केहीबेरमा ब्याटिङमा उत्रँदै छ । यद्यपि हालसम्म दिल्लीले खेलेका छवटै खेलमा मौका नपाएका सन्दीप सातौंं खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले दुई परिवर्तन गरेको छ । चोटका कारण रिषभ पन्तको स्थानमा अजिन्क्या रहाणे आएका छन् भने विकेटकिपर आवश्यक भएकाले शिम्रोन हेटमायरको ठाउँमा एलेक्स केरी आएका छन् ।

दिल्लीले हालसम्म खेलेका ६ खेलमध्ये ५ मा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी मुम्बईले समान खेलमा ४ जीत निकाल्दा दुईमा हार व्यहोरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay