scheduleआइतवारबैशाख ५ गते, २०७८

सरकार खोज्दै पीडित पत्रकारहरुको लालटिन जुलुस

काठमाडौं, २५ असोज । विभिन्‍न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारीहरुले सूचना तथा प्रसारण विभागमा लालटिन बालेर प्रदर्शन गरेका छन् ।

आइतबार नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाइमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने र नगराउने खै सरकार कता छ ? भन्दै दिउँसै लालटिन बारेर प्रदर्शन गरेका हुन् ।

सञ्चारगृहको ज्यादति र शोषणको विषयमा पटक पटक आवाज उठाएपनि कोरोना महामारीलाई देखाएर तलब सुविधा नदिएको र जबरजस्ती कामबाट निकालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

पत्रकार महासंघका महासचिव रमेश बिष्टले श्रमजिवी पत्रकारको हक अधिकार स्थापीत गर्न सरकार उदाशिन भएको भन्दै दवावस्वरुप आन्दोलन गर्नुपरेको बताए ।
उनले अब पनि श्रमजिवी पत्रकारहरुको समस्या सुनुवाइ नभए सञ्चारगृहलाई अवरोध गर्ने गरी कडा आन्दोलन गर्ने चेतावनी दिए ।

उनीहरु असोज १५ गतेदेखि २७ गतेसम्म आन्दोलनको पहिलो चरणमा २० गतेसम्म ५ दिने रिले अनसन बसेका थिए । समितिले उनीहरुले २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना दिने जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay