scheduleशनिवार मंसिर २० गते, २०७७

पोखरामा जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गयो

पोखरा, २५ असोज । पोखरामा शनिबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । पोखरा बाग्लुङ सडकखण्डअन्तर्गत बाग्लुङ बसपार्कअगाडि जीपले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको हो ।

हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग १ ज ५८९६ नंको बोलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसकी २६ वर्षीया तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटनालगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ ।

प्रहरीले जीप चालक गोरखा आरुघाट गाउँपालिका–९ बस्‍नर् २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay