scheduleआइतवारमाघ ११ गते, २०७७

हामी कुन उमेरमा बढी दुःखी र निराश हुन्छौं ?

उमेरले समेत हामी कति खुसी हुन सक्छौं भन्ने निर्धारण गर्छ । हालै गरिएको एक अध्ययनले अधबैंसे उमेरमा मानिसहरु बढी दुःखी हुने देखाएको छ ।

अमेरिकाको नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चले प्रकाशित गरेको एक प्रतिवेदनमा मानिसहरु युवावस्थामा भन्दा प्रौढावस्था वा अधबैंसे (middle age) मा बढी दुःखी र असन्तुष्ट हुने उल्लेख गरिएको छ ।

अधबैंसे उमेरमा स्वास्थ्य अवस्था, आर्थिक अवस्था वा अन्य अवस्था जति राम्रो भएपनि मानिसहरू जीवनप्रति निराश हुने अनुसन्धानकर्ताले बताएका छन् ।

बेलायत र अमेरिका जस्ता विकसित मुलुकका मानिसहरू सबैभन्दा बढी दुःखी र असन्तुष्ट हुने औसत उमेर ४७.२ रहेको उक्त प्रतिवेदनको निष्कर्ष छ । तर यो उमेर चीन र भारत जस्ता विकासशील देशमा भने ४८.२ रहेको छ ।

डर्टमाउथ कलेजमा अर्थशास्त्र पढाउँदै आएका प्राध्यापक डेभिड ब्ल्याङ्कफ्लाओर पनि उमेर प्रौढअवस्थामा मानवीय खुसीको मात्रा घट्दै जाने बताउँछन् । मानवीय सन्तुष्टि र खुसीबारे अध्ययन गर्दै आएका उनले समय बढ्दै जाँदा मानिसहरू दुःखी हुने मत राख्छन् ।

ब्ल्याङ्कफ्लाओरले झण्डै १३२ मुलुकबाट तथ्याङ्क संकलन गरी मानवीय सन्तुष्टि र खुसीबारे अध्ययन गरेका थिए । खुसीको मात्रा घट्दै जाने औसत उमेर मुलुकपिच्छे फरक भए पनि सारमा अधबैंसे उमेरमा नै मानिस बढी दुःखी वा असन्तुष्ट हुने उनको निर्ष्कर्ष छ ।

विशेषगरी ३० वर्षपछि खुसीको मात्रा कम हुँदै जाने र चालिसको अन्त्यतिर खुसीको मात्रा निकै कम हुने गर्छ । विज्ञानले यसको कारणबारे प्रस्ट रुपमा बताउन सकेको छैन तर केही परिस्थिति र हाइपोथेसिस अघि सारेको छ ।

पत्रकार जोनाथन राउचले खुसीको ग्राफबारे एउटा किताब लेखेका छन् । उक्त किताबमा समेत ४० कटेपछि मानिसहरु बढी दुःखी हुने उल्लेख छ । ओराङगुटन्स र चिम्पान्जी समेत अधबैंसे उमेरमा बढी दुःखी हुने राउचको मत छ ।

तर उमेरको संक्रमण र यसले मस्तिष्कमा पार्ने असर तथा नयाँ मूल्यमान्यता अनुशरण गर्दा मानिसहरु अधबैंसे उमेर प्रवेश गरेपछि खुसीको मात्रा घट्ने समेत राउच बताउँछन् ।

‘हाम्रा मूल्य-मान्यता र मस्तिष्कमा आउने परिवर्तनले यस्तो भएको हो’, राउचले मार्केटवाचसँग कुराकानी गर्दै भने, ‘सामाजिक प्रतिस्पर्धासँगै हामी बढी महत्वाकांक्षी हुन्छौं तर हाम्रो महत्वाकांक्षा निकै चुनौतीपूर्ण हुनेगर्छ ।’

चुनौतीपूर्ण महत्वाकांक्षाले समेत मानिसलाई सन्तुष्ट हुन नदिने र प्रौढ अवस्थामा प्रवेश गरेपछि निराशा बढ्दै जाने राउचको भनाइ छ ।

तीन देखि ५० वर्षको उमेरमा मानिसको वौद्धिक क्षमतामा गिरावट आउन सुरु गर्ने र ६० कटेपछि वौद्धिक क्षमतामा तीव्रगतिमा गिरावट आउने गर्छ ।

साथै ३० नाघेपछि यौन हर्मोन टेस्टोस्टेरोन (पुरुष) र इस्ट्रोजेन (महिला) पनि कमी हुँदै आउने अनुसन्धानकर्ताको दाबी छ । ४० कटेपछि यी हर्मोनमा निकै गिरावट आउने गर्छ ।

तर नयाँ अध्ययनले मानिसलाई आशावादी हुने ठाउँ पनि दिएको छ । बाल्यकाल र २० वर्षको उमेरपछि मानिस निकै खुसी र सन्तुष्ट हुने गर्छन् । यस्तो खसी र सन्तुष्टि ७० नाघेपछि पुनः सोही मात्रामा फर्किने अध्ययनले देखाएको छ ।

‘तपाईं जहाँ बसे पनि, तपाईंको प्रौढ जीवन जति अध्यारो वा निराशाले भरिएको भएपनि खुसी फेरि फर्किएर आउँछ’, ब्ल्याङ्कफ्लाओरले भने ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay