scheduleबिहिवार मंसिर १८ गते, २०७७

जनप्रतिनिधि र कर्मचारीलाई कोरोना, नगरपालिका अनिश्‍चितकालका लागि बन्द

बाग्लुङ, २६ असोज । बाग्लुङ नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सोमबारदेखि अनिश्‍चितकालका लागि सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित समुदाय स्तरमा नै कोरोना पुष्‍टि भएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ ।

नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङ्क्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

उनले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेका छन् । नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेकका काम बन्द गरेको हो ।

बागलुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay