scheduleमगलवार मंसिर १६ गते, २०७७

पोखरामा जग्गा मिलाइदिन्छु भन्दै सुकुम्बासी ठग्‍ने गिरोह पक्राउ

पोखरा, २६ असोज । पोखरामा झुठो विवरण र आश्‍वासन देखाएर ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जग्गा दिलाउने भन्दै सुकुम्बासीसँग रकम उठाउने ८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हिराबहादुर तामाङ, रमेश परियार, रिता विक, सोनु परियार, ओमबहादुर सुनार, सिता सुनार, हर्कबहादुर विक र मौसम सदाशंकर छन् ।

उक्त गिरोहले पोखरा महानगरपालिका-१४ भोटेचौताराका सुकुम्बासीहरुसँग रकम पनि उठाएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नक्कली सुकुम्बासी समस्या समाधान आयोगको बैठक पुस्तिका, नगद उठाएको रजिष्टर, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिका नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजका फोटो समेत बरामद गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाएका छन् ।

सुकुम्बासी बस्तीका स्थानीयसँग उठाएको नगद १ लाख ६१ हजार रुपैयाँ समेत बरामद गरिएको डिएसपी हमालले बताए ।

पक्राउ परेका गिरोहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिएर मुद्धा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay