scheduleमगलवार मंसिर १६ गते, २०७७

पोखरामा उपचाररत लमजुङका कोरोना संक्रमितको मृत्यु

पोखरा, २७ असोज । कोरोना भाइरसका कारण लमजुङका एक पुरुषको पोखरामा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालअन्तर्गतको कोभिड१९ उपचार केन्द्रमा उपचाररत लमजुङको बेशीसहर २ का ५६ वर्षीय पुरुषको मङ्गलबार अपरान्ह ४ २३ बजे मृत्यु भएको प्रतिष्‍ठानले जनाएको छ ।

ती पुरुषमा असोज १८ गते संक्रमण पुष्‍टि भई कोभिड आइसियूमा उपचाररत रहेका थिए । मुटुको रोगी रहेका ती पुरुषमा मधुमेहको समेत समस्या थियो ।

कोरोना पोजेटिभ भई प्रतिष्ठानमा मृत्यु हुने निज १२औं संक्रमित रहेको प्रतिष्‍ठानले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay