scheduleबुधवार मंसिर १७ गते, २०७७

मनमा शान्ति प्राप्त गर्न अपनाउनुस् यी उपायहरु

मानिसले आफ्नो जीवनमा जानी अन्जानी गरेका पापहरुको मोचनका लागि मनुस्मृतिमा पाँचवटा कर्म गर्न सल्लाह दिएको छ । यी कर्महरु पाँचवटा यज्ञ रहेका छन् । जसले मानिसलाई मनमा शान्ति र शक्ति प्रदान गर्दछ ।

पहिलो ब्रह्मयज्ञ रहेको छ । यस अन्तर्गत मानिसहले दैनिक वेदलगायत पुराण, उपनिषद, महाभारत, गीता या अन्य अध्यात्म पुस्तकहरुको पाठ गर्नुपर्दछ । यदि यो भएन भने पनि गायत्री मन्त्र जपेमा मात्र पनि यस्तो यज्ञ सम्पन्न हुन्छ ।

दोस्रो देव यज्ञ हरेको छ । यस यज्ञमा मानिसहरुले देवी देवताहरुको प्रसन्नताको लागि हवन गर्नुपर्दछ ।

त्यस्तै पितृयज्ञ अर्को महत्वपूर्ण कर्म हो । यसमा  मरेका पितृहरुका लागि अन्न र जल चढाउनुपर्छ ।

चौंथो भूतयज्ञमा किरा, जीव, पशुपंक्षी, जमिन, प्रकृतिका स्वरुप भूतदी देवतालाई अन्न या जल अर्पण गर्नुपर्दछ ।

मनुष्ययज्ञ भनिने पाचौं कर्म मानिसका लागि अपरिहार्य छ । घरको दैलोमा आएका पाहुनालाई अन्न, कपडा र धनले सन्तुष्ट बनाउन साथै पवित्र पुरुष तथा साधु सन्तहरुलाई अन्न दान गर्नु नै मनुष्य यज्ञ मानिन्छ ।

यी कर्म गर्नाले मानिस भित्रको विकार तत्वलाई बाहिर निकाली मानिसको मनलाई शितल पार्दछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay