scheduleशुक्रवार मंसिर १९ गते, २०७७

सुरक्षित एटीएम ट्रान्जेक्सन चाहनुहुन्छ भने भूलेर नगर्नुस् यी काम

यदि तपाई एटीएम कार्डको प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईका लागि एकदमै आवश्यक हुन्छ । यस जानकारीले तपाईको भविष्यमा आउन सक्ने समस्याबाट तपाईलाई सावधान गर्छ ।

एटीएम कार्ड सुरक्षाका दृष्टिले एकदमै प्रभावकारी हुन्छ तर यसको प्रयोग गर्न नजान्दा यसले तपाईको सम्पत्तिमा थप असुरक्षा थप्न सक्छ । यसलाई सुरक्षितपूर्वक चलाउनका लागि हामी तपाईलाई केही उपायहरु बताउँदै छौं ।

एटीएम कार्ड प्रयोगकर्ताहरुले कहिले पनि कार्डमा आफ्नो पिन नम्बर लेख्नु हुँदैन त्यसलाई याद मात्र गर्नुपर्छ ।

यदि तपाईका आफन्त वा साथी तपाईको डेबिट कार्ड लिएर एटीएमबाट पैसा निकाल्छ भने सावधान हुनुहोस् । यो तपाईको लागि खतरनाक साबित हुनसक्छ । यदि तपाईले यी कुरामा सावधानी अप्नाउनु भएन र केही भवितव्य भएको खण्डमा बैंकमा गुनासो गर्नुभयो भने बैंकले तपाईलाई केही सहयोग गर्न सक्दैन ।

नचिनेका मानिसहरुसँग कहिले पनि एटीएम ट्रान्जेक्सनमा सहयोग लिनु हुँदैन र कसैलाई त्यस कामका लागि आफ्नो कार्ड उपलब्ध गराउनु हुँदैन । साथै परिवारका सदस्यलाई पनि यसको जानकारी नदिँदा उपयुक्त हुन्छ ।

ट्रान्जेक्सनको समयमा मोबाइल फोनमा कुरा नगर्नुहोस् । एटीएम प्रयोग गर्दा एकदमै सजक रहनुपर्छ । एटीएम मेशिनमा नम्बर राख्दा कसैले आफूलाई देखेको छ या छैन भन्नेबारेमा सुनिश्चित हुनुपर्छ ।

ट्रान्जेक्सन सकिएपछि मेशिनमा वेलकम स्क्रीन आएको सुनिश्चित गर्नुपर्छ । स्क्रीनमा त्यो देखा पर्नु अघि मेशिन छोड्नु हुँदैन । यदि तपाईले एटीएमबाट पैसा निकाल्नु भएको छैन तर पैसा काटिन्छ भने तुरुन्त बैंकलाई सूचित गर्नुपर्छ ।

यदि तपाईको मोबाइलमा ट्रान्जेक्सनको सूचना आउँछ भने सधै मोबाइलको म्यासेज राम्ररी जाँच गर्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay