scheduleशनिवार मंसिर २० गते, २०७७

विश्‍वकप छनोट खेलमा अर्जेन्‍टिनाको लगातार दोस्रो जीत

काठमाडौं, २८ असोज । सन् २०२२ मा कतारमा हुने विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनौटमा अर्जेन्टिनाले लगातार दोस्रो जीत हात पारेको छ ।

बुधबार विहान सम्पन्‍न खेलमा अर्जेन्‍टिनाले बोलिभियालाई उसैको मैदानमा २-१ ले हराएको हो । १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्‍टिनाले खेल जितेको हो ।

२४औं मिनेटमा मार्सेलो मार्टिन्स मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए । पहिलो हाफ सकिनै लाग्दा अर्जेन्टिनाका लाउतारो मार्टिनेजले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७९औं मिनेटमा जोयाक्विन कोर्रेयाले गोल गर्दै अर्जेन्‍टिनालाई खेलमा फर्काए । खेलमा त्यसपछि थप गोल भएनन् र अर्जेन्टिना २-१ ले विजयी भयो ।

जीतसँगै अर्जेन्टिनाले २ खेलमा ६ अंक जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay