scheduleमगलवार मंसिर १६ गते, २०७७

नेसन्स लिग फुटबल: युक्रेनसँग हारका बाबजुद स्पेन शीर्षस्थानमा, जर्मनी हारबाट जोगियो

काठमाडौं, २८ असोज । युइएफए नेसन्स लिगअन्तर्गत चौथो राउन्डको खेलमा स्पेन पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युक्रेनले स्पेनलाई १-० ले हरायो ।

स्पेनलाई स्तब्ध पार्न घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

जीतसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।

यद्यपि पराजित भएको स्पेन ७ अंकसहित शीर्षस्थानमा कायमै छ ।

जर्मनी हारबाट जोगियो

गएराति नै भएको अर्को खेलमा जर्मनी र स्वीट्जरल्यान्डले बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा जर्मनी दुई पटक पछि परेपनि स्वीट्जरल्यान्डसँग ३–३ गोलको बराबरी खेलेको हो ।

जर्मनीका टिमो वेर्नर, काई हार्भटज र सर्ज जिनाब्रीले गोल गरे । स्वीट्जरल्यान्डका मारियो गाभारानोभिकले दुई गोल गर्दा रेमो फ्रिउलेरले एक गोल थपे ।

खेलको पाँचौ मिनेटमा नै मारियो गाभारानोभिकले गोलबाट घरेलु टोली जर्मनी पछि परेको थियो । २७औं मिनेटमा रेमो फ्रिउलेरले गोल गरेपछि जर्मनी खेलमा २–० ले पछि परेको थियो ।

त्यसको दुई मिनेट पछि नै टिमो वेर्नरले गोल गर्दै जर्मनलिाई २–१ को अवस्थामा ल्याए । पहिलो हाफ २ १ मै सकिएको थियो ।

दोस्रो हाफको ५५औं मिनेटमा जर्मनीका काई हार्भटजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर, त्यसको दुई मिनेटपछि नै मारियो गाभारानोभिकले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।

६०औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । उनले ८१औं मिनेटमा पाएको मौका सदुपयोग गर्न नसक्दा जर्मनीले अग्रता लिने अवसर गुमाएको थियो । त्यसपछि थप गोल नहुँदा खेल ३ ३ को बराबरिमा सकिएको हो ।

यो बराबरीसँगै जर्मनी चार खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay