scheduleमगलवार मंसिर १६ गते, २०७७

आइपिएलमा दिल्ली र राजस्थान खेल्दै, सन्दीपले मौका पाएनन्

काठमाडौं, २८ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत बुधबार बेलुका राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली केहीबेरमा ब्याटिङमा उत्रँदै छ ।

यद्यपि हालसम्म दिल्लीले खेलेका सातवटै खेलमा मौका नपाएका सन्दीप आठौं खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले एक परिवर्तन गरेको छ । हर्षल पटेलको स्थानमा तुषार देशपाण्डेले मौका पाएका छन् ।

दिल्लीले हालसम्म खेलेका ७ खेलमध्ये ५ मा जीत हात पारेको छ भने दुईमा पराजित भएको छ । त्यसैगरी राजस्थानले समान खेलमा ३ जीत निकाल्दा चारमा हार व्यहोरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay